२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नबिल बैंकले नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना अघि सारेको छ । यस अनुसार मुद्दति निक्षेपको ब्याज दर बढाएको र लगानीको ब्याजदर घटाएको जनाईएको छ ।

बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई बार्षिक नौं प्रतिशत ब्याज दिने नबिल बैक दमकका शाखा प्रवन्धक राजन बस्नेतले बताएकाछन् । समाजप्रति उत्तरदायि हुँदै ब्याज बढाईएको नविल बैकले जनाएको छ ।

मुद्दति खाताको ब्याज बढाइएको छ र संगै कर्जाको भने घटाएको छ, बस्नेत भन्छन्। बैंकले साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा सस्तोमै दिने स्किम ल्याएको र यसबाट सबैलाई लाभ लिन उनको आग्रह छ ।

एक बर्षसम्मको मुद्दतिको ब्याज बढाएर साढे ८ प्रतिशत कायम गरिएको जनाईएको छ । २ बर्षभन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव २५ प्रतिशत ब्याज दिने उल्लेख छ। बैंकले ५ बर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव ५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

बैंकले घर कर्जा ७ दशमलव ४९५ प्रतिशत , व्यक्तिगत ओभरड्राफ्ट ७ दशमलव ९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने छ । एक करोड सम्मको कर्जा ७ दशमलव ४९५ र एक करोडभन्दा माथिको कर्जामा ७ दशमलव ९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने बस्नेत बताउछन् । यो दमक सहित नेपालभरका सबै नबिल बैकका शाखाहरुबाट सेवा लिन सकिने पनि बस्नेत बताउछन् ।