दमकमा ग्लोवल एजुकेशनल एकेडमीले अभिभावकसंग असार महिनादेखि कै मासिक शुल्क मागेपछि……
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा एक विद्यालयले अनलाईन कक्षा नै नलिइएको समयको पनि अभिभावकबाट पैसा लिन खोजेको रहस्य खुलेको छ । अभिभावकले यस बिषयमा कुरा उठाउदै आफ्ना छोरोछोरी अन्यत्रै लैजानु र यहाँ नपढाए हुन्छ भन्दै अभिभावकलाई उल्टै धर्काएको बताईएको छ ।
ग्लोबल एजुकेसनल एकेडमीमा आफ्ना तीन जना बिद्यार्थीहरुको रजिष्ट्रेसन र मासिक शुल्क बुझाउन जाँदा आफुलाई प्रीन्सिपल गुणराज अधिकारीले असारदेखिको नै मासिक शुल्क मागेको मेघनाथ फुयालले बताएकाछन् । मेरा छोराछोरी अनलाईन कक्षामा सामेल नै भएका छैनन्, म कसरी उक्त शुल्क तिरुम भन्दा यस्ता अभिभावक चाहिदैन भनेर अधिकारीले भन्नुभयो, फुयालले भने ।
असोजदेखि अनलाईन कक्षा शुरु हुने आफुले सुनेकाले असोजदेखिको नै शुल्क बुझाउने मनाशयले आफु बिद्यालय गएको उनको भनाई छ । मैले छोराछोरीको रजिष्ट्रेसन नगरी फर्किएको छु, फुयालको भनाई रहेको छ । अनलाइन कक्षा लिएको भए त म तिर्न पनि राजि बन्ने थिए तर आजसम्म एकपटक पनि अनलाइन कक्षामा छोराछोरी सामेल छैनन्, फुँयालको भनाई छ ।
फुयालले आफ्नो पीडा सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकाछन्- झापा को दमक 6 मा सन्चालन मा रहेको ग्लोबल एजुकेसनल एकेडेमी मा मेरा तीन जना नानिहरु अभिषेक फुयाल अनुस्का फुयाल कार्लोस फुयाल पढ्ने गरेका कोरोना कारण मेरा नानी ले अनलाइन क्लास को पनि सुबिधा नलिएका नानिलाइ आज स्कुल भर्ना गर्न जादा असार देखि को फि मागिएको र उक्त बिसयमा मैले नपढाएको पैसा किन दिने भनी प्रश्न गर्दा म असोज बाट मात्रै तिर्छु भन्दा स्कुल का principal गुणराज अधिकारी ले गैरजिम्मेवार तरिका बाट यस्ता अभिभावक हामिलाइ चाहिदैन अन्य स्कुलमा लानु भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको ले म स्तब्ध छु अब म यश बिसयमा न्याय खोज्न काहा जादा हुन्छ बिग्य जनबाट सहयोग को अपेक्षा छ।
स्थानीय सरकारले स्पष्ट रुपमा कसरी शुल्क लिने र सिकाई सहजीकरण गर्ने भनेर भन्न नसक्दा बिद्यालयहरुले मनपरी गरिरहेकाछन् । एकै किसिमले बिद्यालयहरुले शुल्क उठाएका छैनन् । नयाँ शैक्षिक शत्रको शुरुवातदेखिको नै शुल्क पनि कतिपय बिद्यालयहरुले उठाईरहेको बताईन्छ ।
बिद्यालयका प्रीन्सिपल गुणराज अधिकारीले आफुहरुले बिद्यार्थीहरुको असारदेखिकै मासिक शुल्क उठाउदै आएको स्वीकार गरेकाछन् । उनले बैशाखदेखि नै अनलाईन कक्षा शुरु गरेको तर असारदेखि शुल्क उठाएको दाबी गरे । आफ्ना छोराछोरीलाई अनलाईन कक्षामा सहभागि नगराउनु अभिभावकको कमजोरी भएको उनको भनाई थियो । बिद्यालय चलाउन र शिक्षकलाई तलव दिन शुल्क लिएको पनि उनको भनाई थियो ।
