२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको गौरादह १ मा एक महिलाको बिभत्स हत्या भएको छ । आफ्नै घरमा उनको बिभत्स रुपमा शव भेटिएको हो । श्रीमान बाहिर भएको समयमा उनको हत्या भएको र श्रीमान घर फर्कदा शव खाटमुनी रहेको बताईएको छ । डोरीले दुईहात बाँधेको र शरिरभर चोट भएको अवस्थामा ६५ बर्षिय पार्वता भण्डारीको शव भेटिएको बताईन्छ ।

घटनाको गम्भिरतालाई ख्याल गर्दै धरानबाट विशेष तालिम प्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुकुरले हत्यारा पत्ता लगाउन सहयोग गर्ने अपेक्षा लिएर तालिम प्राप्त कुकुर समेत ल्याईएको बताईन्छ । कुकुर नजिक रहेको किस्ने खोलासम्म पुगेको बताइन्छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितका अनुसार प्याजको बोराजस्तोले हात बाधिएको अवस्थामा शव भेटिएको छ । अहिले पनि आफुहरु सोमबार राती १० बजे घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जनाए । हामी अनुसन्धानमा छौ, उनले भने ।