दमकमा खतराको घण्टि ! सय जनामा ५० जनाको रिर्पोट पोजेटिभ, अधिकाँश फ्रन्टलाइनका सामाजिक अगुवा
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा कोरोना सक्रमणदर उच्च रुपमा बढेको पाईएको छ । नीजि माध्यमबाट कोरोना परिक्षण गरिएकाहरुमध्ये करिब ५० प्रतिशतको नतिजा पोजेटिभ आएको जनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखा श्रोतका अनुसार दमकका अग्रभागमा रहेका र धेरैसंग हेलमेल भएकाहरुमा कोरोना पोजेटिभ देखिएको छ । यो दमकका लागि राम्रो संकेत होइन ।
सामाजिक, राजनीतिक लगायतको क्षेत्रमा क्रियाशिल र नियमित रुपमा आउजाउ र भिडभाडमा रहेकाहरुमा कोरोना संक्रमण देखिएसंगै यसले त्रास सिर्जना भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सबै सचेत बनेर स्वास्थ्यका सबै सावधानीहरु अपनाउन जरुरी छ । यद्यपी अझै १० दिन अघि ३ सयभन्दा बढिको स्वाब लिईएकोमा त्यसको रिर्पोट आएको छैन ।
स्वाब दिएर पनि बाहिर हिडडुल गरिरहेकाहरुमा कोरोना संक्रमण देखिएको छ । बिना लक्षण भएकाहरुमा कोरोना देखिएपछि यसले पार्ने प्रभाव ठुलो देखिन थालेको बताईन्छ । लक्षण देखिएकाहरुले पनि कोरोना जाँच गर्न नपाउदा र रिर्पोट ढिला आउदा समस्या खेपिरहेकाछन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सहित दूइजना वडाध्यक्षमा कोरोना ंसंक्रमण देखिएपछि दमक नगरपालिकामा अत्यआवश्यक बाहेकका कामहरु रोकिएको छ । चाडपर्वका कारण बजार तथा पसलहरुमा भिडभाड बढ्दा समस्या थप जटिल बन्ने देखिएको एक स्वास्थ्यकर्मी बताउछन् ।
