२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार स्वास्थ्यको क्षेत्रमा संवेदनशिल रहेको र निरोगी नेपाल बनाउन चाहेको बताउनु भएको छ । उहाँले सरकारको स्वास्थ्य नीतिको मूल मर्म नै निरोगी नेपाल रहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त ध्यान दिइरहेको र दिइरहने जनाउदै यस्तो बताउनु भएको हो ।

आइतवार झापाको दमकमा रहेको सरकारी दमक अस्पतालको भवन शिलन्यास कार्यक्रमलाई भर्चुअल (जुम मार्फत) रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउनका लागि सरकार लागि परेको बताउदै यसका लागि यसका लागि जनतालाई निरोगी बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

उहाँले बारम्बार रुपमा बिभिन्न महामारीहरु फैलिने गरेको र अहिले पनि त्यो भोगिरहेको बताउदै यसका लागि सुविधा सम्पन्न अस्पताल तथा दक्ष प्राविधिक र आधुनिक उपकरणहरु आवश्यक रहेकाले यसमा आफुहरु अघि बढिरहेको बताउनु भयो । स्वास्थ्यको क्षेत्रमा पुर्वधारहरुको निर्माणको कामलाई गति दिइरहेका छौ, ओलीले भन्नुभयो ।

कोरोना महामारीले विश्वको अर्थतन्त्रमा नै गम्भिर असर परेको र अहिले विकास निर्माणको कामको गति केहि कम हुँदा अहिले केहि भएन भनेर भन्नु यो गलत भएको प्रधानमन्त्री ओलीले जनाउनु भयो । हामी चौतर्फी रुपमा विकासका कामलाई अघि बढाउन खोजिरहेको अवस्थामा कोभिडले प्रभावित बनाएको छ, प्रधानमन्त्री ओलीको भनाई छ ।

४ हजार किलोमिटर सडक, ४ सयभन्दा बढि पुलहरु निर्माण, पर्यटकीय गन्तब्यहरुको पुन निर्माण गर्नेजस्ता कामहरु यो सरकारले गरेको भन्दै कुरामात्र नभएर काम पनि गरेको बताउनु भएको छ । राम्रो कामबाट आत्तिएर अहिले नकारत्मक भावाना फैल्याउने काम भएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आफ्नै निर्वाचन क्षेत्रमा आफु आउन नसकिरहेको र आउन नपाईरहेको भन्दै प्रविधिको माध्यमबाट जोडिन पाउदा खुसि लागेको प्रधानमन्त्री ओलीले जनाउनु भयो । उहाँ झापा क्षेत्र नं. ५ को निर्वाचन साँसद रहनु भएको छ । दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राई लगायतले सम्बोधन गर्नु भएको थियो ।

सुविधा सम्पन्न दमक अस्पताल भवन २० करोड ४२ लाख ९ हजार ४०८ रुपियाको लगानीमा बन्ने छ । लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न तीन तले भवन बढिमा ३० महिनाभित्र सम्पन्न हुने जनाईएको छ । श्री लुब्बिनी अर्घाखााची जे.भी.ले भवन निर्माणको जिम्मा पाएको छ ।