कोरोना संक्रमणबाट अहिलेसम्म दमकमा ८ जनाको मृत्यु
दमक/ झापाको दमकमा अहिलेसम्म कोरोना संक्रमण भएका ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणदर बढ्दै गएको छ । होम आईसुलेसन र अस्पतालमा उनिहरुको मृत्यु भएको हो । अहिले गम्भिर अवस्थामा वा भेन्टिलेटरमा भने कोहि पनि नरहेको जनाईएको छ ।
दमकमा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । स्वास्थ्यकर्मी, राजनीतिकर्मी देखि लिएर सामाजिक अभियान्ताहरुसम्म कोरोना संक्रमित भएकाछन् । अधिकाँश होम आईसुलेसनमा रहेकाछन् । कोरोना संक्रमण दर बढेसगै यसलागि स्वाब संकलनलाई तिब्र बनाउनु पर्नेमा अहिले यो हुन सकेको छैन ।
दूई महिला र ६ पुरुषको विभिन्न समयमा मृत्यु भएको बताईन्छ । शुरुवातमा नेपाली सेनाको टोलीले शवहरु ब्यवस्थापन गरेको थियो । स्थानीय तह तथा परिवारलाई शव ब्यवस्थापन चुनौती बन्दै गएको छ ।
