२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोभिड १९ को प्रभावका कारण लगातर तीन दिनसम्म बन्द भएको आम्दा अस्पताल शुचारु भएको छ । यस अस्पतालका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पतालले ३ दिनसम्म आफ्ना सबै सेवा रोकेको थियो । अस्पतालको निर्मलीकरणपछि विहिबार विहानबाट अस्पतालले अत्यआवश्यकीय सेवा शुरु गरेको बताईएको छ ।

आम्दा अस्पताल दमकमा समुदाय स्तरको सबैभन्दा ठुलो अस्पताल हो । विशेष गरेर प्रसुती सेवाका लागि यो प्रख्यात रहेको छ । झापा सहित इलाम, मोरंग र पाँचथरबाट समेत प्रसुती सेवाका लागि महिलाहरु आउने गरेकाछन् । अस्पताल बन्द प्रसुती सेवाका लागि यस क्षेत्रका महिलाहरु बिराटनगर तथा धरान जानु पर्ने अवस्था पनि आएको थियो ।

आम्दा अस्पताल दमकमा कोभिड १९ का विरामीहरु पनि पछाडिपटि बनाईको आईसुलेसनमा राखिदै आएको छ । यसले अस्पतालको अन्य सेवामा असर नपर्ने र डराउनु पर्ने अवस्था नरहेको अस्पतालका मेसु डा. प्रकाश शर्माले बताएकाछन् । स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर भएपनि विरामीको उपचारमा कर्मी हुन नदिने डा. शर्माको भनाई रहेको छ ।

दमकमा कोरोना संक्रमण समुदायमा फैलिदै जाँदा यसको जोखिममा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि परेकाछन् । अधिकाँश अस्पताल तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वाबको रिर्पोट लामो समय होल्ड भएकाले स्वाब परिक्षणनै प्रभावित बन्दा सबै स्वास्थ्यकर्मीहरुको स्वाब परिक्षण हुन सकेको पाईदैन ।