२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाइ कोरोना सङ्क्रमण भएको छ । कार्कीले सामाजिक सन्जाल फेसबुक मार्फत यो जानकारी गराएका हुन । मन्त्री कार्कीले लेखेकाछन-मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस (कोभिड-१९)को संक्रमण भएकोछ। कन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिन२९गतेको PCR परिक्षणमा नेगेटिभ देखिएको थियो। त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो आईसोलेटड भएरै बसियो । तर हिजो पुन: PCR परिक्षण गर्दा पोजेटिभ देखिएकोछ हाल स्वास्थ्य अबस्था भने सामन्य छ। प्रदेश राजधानी बिराटनगरमा आफ्नै निवासमा आईसोलेटेड भएर बसेको छु। यस बिचमा मेरो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन अनुरोध गर्दछु। यस बाट पर्न जाने सबै अशुबिधा प्रती क्षमायचना गर्दछु । धन्यवाद ।