२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विशेष सम्पादकीय

विष्णुप्रसाद पोखरेल

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

आज विजयदशमी अर्थात दशै । दुर्गापक्षको मुख्य दिन । हामी कोरोनाको कहरकाबीचमा दशै मनाउदैछौ । भौतिक तथा सामाजिक दुरी कायम गरेर दशै मनाउने बिज्ञ तथा सरकारले अनुरोध गरेको छ । वास्तवमा नै यो दशै निक्कै चुनौतीपुर्ण दशै बनेको छ ।

अहिले बाँचे पो अर्को पटक दशै मनाउन पाईन्छ । हाम्रो हेल्चेक्राई र बलमिच्याईले कोरोनाले च्याप्प समातेर हाम्रो ज्यान लियो भने अवस्था के होला ? तसर्थ यो पटक हामी तडकफडक नगरौ । आफु पनि बचौ र अरुलाई पनि बचाऔ । समयको र रोगको गम्भिरतालाई बुझौ ।

भगवान दुर्गा माताले हामीलाई रोगसंग लड्ने क्षमता प्रदान गरुन । रोग लागेको अवस्थाबा बचाउने शक्ति प्रदान गरुन । अकालमा कसैको पनि ज्यान नजाओस । दशै हो रमाईलो गर्नैपर्छ र टिका थाप्नैपर्छ । जे सुकै होस भन्ने सोच कसैले नपालौ । सजग र शर्तकता नै सबैभन्दा ठुलो कोरोनाबाट बच्ने माध्यम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको उच्च जोखिममा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र बालबालिका हुन्छन्। यसको मुख्य कारण भनेकै जेष्ठ नागरिक र बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर कम हुनु हो। यसले गर्दा यो समुदायलाई बचाउन पनि सोच बिचार गरौ ।