२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

अहिले देशभरि कोरोना महामारीको जोखिम बढिरहेको छ। यस्तो बेलामा सिमित श्रोत तथा साधन संगसगै अस्पतालको पनि कमि हुनु स्वभाविक नै हो। महामारीमा प्रत्येक्ष काम गर्ने स्वास्थ्यकर्मीहरूले यथेष्ट समय सबैलाई दिन नसक्ने अवस्थामा हामि आम नागरिकहरूले आ-आफ्नो स्थानबाट सहयोग गर्न जरुरी छ।

यदि तपाईंको घरमा दिर्घ रोगी हुनुहुन्छ भने कम्तीमा यी कुराहरू को तयारी गर्नुहोस:-

१) दिर्घ रोगीले प्रयोग गर्ने औषधिहरुलाई कमि नहुने गरि रख्नुहोस।

२) कम्तिमा १/१ पत्ती निम्न औषधिहहरू राख्नुहोस:–

क) ट्याबलेट पारासिटामोल ५०० मि.ग्राम।

ख) ट्याबलेट फेक्सोफेनाडीन १८०मि.ग्राम ।

ग) ट्याबलेट भिटामिन सि ५०० मि.ग्राम ।

घ) भिटामिन डी २००० युनिट । ट्याबलेट कोडिन फस्फेट ३० मि.ग्राम। डक्सिसाइक्लिन १०० मि.ग्राम । कफ सिरप

३) निम्न सहयोगी सामाग्रीहरूको जोहो गर्नुहोस:-

क. फिङ्गर पल्स अक्सिमिटर- अक्सिजनको मात्रा थाहापाउन।

ख. साधारण नेबुलाईजर साथमा सलबुटामोल लिक्वीड, नर्मल सलाईन तथा ३ एम एलको सिरीन्ज- स्वासप्रस्वास तथा खोकीको लागि ।

ग) एउटा अक्सिजन सिलिन्डर सेट वा सकिन्छ भने ५लिटर/मिनेटको अक्सिजन कन्सनटेटर- यसले यदि ९४% भन्दा कम अक्सिजन भएमा यसको प्रयोग गर्नु पर्दछ।

घ) डिजिटल थर्मोमिटर:- ज्वरो जाँच गर्न।

यति कुराहरूको व्यवस्थापन गर्न सकियो भने घरमा नै प्राईमरी आईसोलेसन सेन्टर तयार गर्न सकिन्छ। यसका लागि प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीक‍ो आवश्यकता पर्दैन तर उनिहरूको सम्पर्कमा रहनु जरुरी हुन्छ। बिर्सन नहुने कुरा के भने हरेक पटक जाँच गर्दाको रेकर्ड राखेर नजिकैको स्वास्थ्यकर्मी वा चिकित्सकलाई प्रेषण गर्नु पर्छ।

बद्री बराल

जनस्वास्थ्य निरीक्षक

दमक नगरपालिका