कोरोनाको यो महामारीमा खोई कहाँ छ सरकार ? हेल्चेक्राईले बर्बादीतर्फ उन्मूख बन्दैछ समाज
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ दमक तथा झापा सहित देशभर कोरोना संक्रमणका कारण अहिले जनजविन त्रस्त र आक्रान्त छ । कोरोना जाँच सर्वसुलभ नहुँदा गरिब जनताले नचाहेर पनि संक्रमण एकबाट अर्कोमा सार्ने अवस्था छ भने जो बुजु्रक र सम्पन्नछन् आफुलाई कोरोना पोजेटिभ देखिएमा समाजले कुदृष्टिले हेर्ला भनेर नजाँचेर अर्कालाई संक्रमण गराईरहेको अवस्था देखिएको छ ।
कतिपय कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अवस्थालाई अध्ययन गर्ने हो भने अन्तिम अवस्थामा गएर जाँच गराउने गरेको देखिएको छ । लक्षण मिल्दा पनि परिक्षण नगराउने गरेको र सहन नसक्ने भएपछि बल्ल परिक्षण गराउने परिपाटी देखिएको छ । यो घातक छ ।
स्थानीय सरकार आफ्नो कार्यालय र सेवा बन्द गर्दैछ । सरकारको यो हविगत छ । सरकार भनेको र सरकार सञ्चालन भनेको २४ सै घण्टा शुचारु हुनु पर्ने होला । तर स्थानीय सरकार भने आफ्नो कार्यालय र सेवा बन्द गरेर अझ जिम्मेवारीबाट पन्छिरहेको छ । कोरोना संक्रमण बढेर समाज नै बर्बादीतर्फ उन्मूख हुने अवस्था छ ।
नागरिक देखि लिएर राज्यलेसम्म पनि हेल्चेक्राई गरेको छ । पछिल्लो समयमा कन्ट्याक्ट ट्रेसिङ नै हुन छाडेको छ । यसले भयाभह अवस्था सिर्जना गराउने देखिन्छ । स्थानीय सरकार सेवा र कार्यालयहरु बन्द गरेर कोरोना संक्रमण दर घटाउन खोज्छ ।
संघीय सरकार पिसिआर जाँच र उपचारबाट पन्छिदैछ । गरिब पैसा नभएर पिसिआर जाँच र उपचार गराउन सक्दैन । धनी तथा सम्पन्न जाँच नै गराउदैन र नियमित कामलाई रोक्दैन । यसरी कसरी रोकिन्छ कोरोना संक्रमणदर ?
अस्पतालहरुमा सामान्य विराम भएर गयो भने समेत भर्ना नपाउने समस्या छ । कोरोना नै भयो भने त घरघडेरी विक्री तथा बन्धक राखेर अस्पताल जानु पर्ने अवस्था राज्यले सिर्जना गरेको छ ।
स्थानीय र प्रदेश सरकार त केहि समयअघिसम्म थियो जस्तो अनुभुत गराएपनि अहिले अलमलमा छ । यो शुभ संकेत होइन । अब यस्तै हो भने घाटसम्म मलाम र अस्पतालमा कुरुवा नहुने अवस्था चाँडै आउने देखिन्छ ।
गरिब बिपन्न भन्ने आधार के बनाएको छ सरकारले ? म गरिब र उपचार गराउन सक्दिन भन्दा कुनकुन अस्पतालले विरामी राखेकाछन् ? कहाँ राख्ने ब्यवस्था मिलार्ईएको छ र अनुगमन भएको छ ? कस्तो निर्लज्ज घोषणा र भनाई छ सरकारको । जनताप्रति अलिकति पनि जवाफदेहिता र उत्तरदायि छैन सरकार भन्दा फरक नपर्ला । यो अवस्थाको अन्त्य हुनुपर्दछ ।
