२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा बुधबार कोरोना संक्रमण भएका दूइजनाको मृत्यु भएको छ । दमक ५ की एक युवती होम आईसुलेसनमा बसेको अवस्थामा कोठामा मृत भेटिएकीछन् । उनि पङ्खामा पासो लागेको अवस्थामा भेटिएको पनि बताईएको छ ।

यसैगरी दमक ३ का अर्का एक ब्याक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बताईएको छ । बुधबार दमकमा २ सहित झापामा ३ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ । दमकमा आजदेखि अपरान्ह ४ बजेपछि निषेधाज्ञा जारी गरिएको छ । विहान ८ बजेसम्म प्रत्येक दिन निषेधाज्ञा रहनेछ ।