दमकमा निषेधाज्ञा पालना गराउन सिडिओ र एसपिको पनि उपस्थिति, प्रहरी भेनको साइरन बजेपछि दमक बजार बन्द
दमक/ झापाको दमकमा पुर्ण लकडाउनका लागि जनदबाब भइरहेकाबेला आंशिक लकडाउन घोषणा भएसंगै यसलाई कार्यन्वयन गराउनका लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु पनि दमक आएकाछन् । आज बुधबारदेखि अपरान्ह ४ बजेदेखि विहान ८ बजेसम्म प्रत्येक दिन निषेधाज्ञा आदेश जारी भएको छ ।
दमकमा यसभन्दा अघिको निषेधाज्ञा नाममात्रको भएको र यसको पालना नहुने भन्दै राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाहरुले दमक नगरपालिकामा भएको सर्वपक्षिय छलफलमा आफ्ना भनाई राखेका थिए । निषेधाज्ञा जारी भएपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, प्रहरी उपरिक्षक कृष्णराज कोइराला सहितको टोली दमक आएको थियो ।
प्रहरीले ४ बजेपछि दमक बजारमा साइरन सहित बजार बन्द गराउन प्रहरी भने घुमाएको थियो । पसलहरु बन्द भएपनि सिटी सफारी तथा नगरपालिकाभित्रको चाप तथा ओहोरदोहोरमा भने कुनै कमी रहेको पाईएको थिएन ।
