२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोरोना संक्रमण भएका एक बृद्धको मृत्यु भएको छ । दमक ६ की ति बृद्धको बिराटनगरको एक नीजि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएकाछन् । यो संगै दमकमा कोरोना संक्रमण भएका २३ जनाको मृत्यु भइसकेको छ ।

दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिएको पनि जनाईएको छ । यो झापामा सबैभन्दा बढि कोरोना संक्रमित हुने स्थानीय तह बनेको छ । केहि दिन यता दिनहु कोरोना संक्रमितको ग्राफ दमकमा बढ्दो छ ।

पालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ८ सय १७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।