थुईक्क ! यो कस्तो राजनीति ? राजनीतिक दल र यसका केहि नेताका कारण शाषन ब्यवस्थाप्रति नै वितृष्णा
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ मूलकमा नयाँ ब्यवस्था आयो । जनताको ब्यवस्था आयो । अब जनताले चाहे अनुसारको शाषन चल्छ भन्ने अपेक्षा आम नागरिकको रहेको थियो । अब त स्थिर सरकारसंगै विकासको लहर आउछ र आफुहरुका अपेक्षाहरु पुरा हुन्छन् भन्ने आम नागरिकमा लाग्नु स्वभाविक नै रहेको थियो ।
संबिधानमा लेखिएका मौलिक हकहरु कार्यन्वयन हुने र यसले गर्दा जीवन रक्षाका लागि कसैको हारगुहार माग्नु नपर्ने पनि जनतामा सोच रहेको थियो । थर बिडम्बना भइदियो उल्टो । यस्तो कोरोनाको महामारीको समयमा समेत सरकार जनताको उपचार गर्नबाट पछि हट्यो ।
बिभेदपुर्ण भाषा प्रयोग गर्दै जोगिन खोज्यो । समानताका लागि लडाई र परिवर्तन गर्न अग्रभागमा लडेका जनताले उपचार पाउनका लागि म गरिब हुँ भन्नु पर्ने दिन आयो त्यो पनि त्यति भन्दा उपचार पाईएला भन्ने ग्यारेन्टि छैन ।
ब्याक्ति केन्द्रित र आत्मकेन्द्रित नेताहरुका कारण प्राप्त उपलब्धि न संस्थागत बन्न सकेको छ न त जनताले सहि शाषन ब्यवस्था ल्याईएछ भनेर सन्तुष्ट हुने ठाँउ रह्यो । अझ भन्नै पर्दा त अहिलेका नेता र शाषन ब्यवस्थाप्रति पनि जनतामा बितृष्णा देखिन थालेको छ । जसका कारण राजतन्त्रको पक्षमा समेत फेरी वकालत शुरु भएको छ ।
गलत राजनीति र चिन्तनप्रति जनताले थुईक्क भनेर थुक्ने अवस्था आएको देखिन्छ । आखिर यो कस्तो राजनीति ? दूइचार नेता प्रधानमन्त्री बन्नै पर्ने , आफ्नालाई राज्यको ढिकुटी ब्रह्मलुट गर्न अवसर दिनै पर्ने ? संबिधान र संविधानमा भएका मौलिक हकलाई बन्धक बनाउने हर्कतबाट वाक्कदिक्क हुन अवस्था आएको छ ।
यो ब्यवस्था र अवस्था यस्तै ढंगले चल्ने हो भने अब फेरी नयाँ जनबिद्रोह निस्कन नसक्ला भन्न सकिन्न । किनभने आखिर परिवर्तनका हिस्सेदार जनताले अहिलेसम्म के पाए ? अब कस्का लागि सहेर बस्नु पर्ने ? के यहि अवस्था हेरेर टुलुटुलु जनता बस्लान ? पक्कै यो सम्भव हुन्न ।
राजनीतिक दल र यसका नेतृत्वले विवेक गुमाएको हो भने विवेक भर्न जरुरी छ । अन्यथा फेरी अब यो शाषन ब्यवस्थाप्रति पनि जनतालाई चित्त बुझेन भने नयाँ शाषन ब्यवस्था खोज्ने अधिकार जनतामा छ । त्यो पुन हिजोको विकल्पमा फर्कनु परोस या अर्को नयाँ विकल्प । यो कुनै राजनीतिक दल वा नेताले नेतृत्व नगरी स्वतस्फूर्त रुपमा हुनेछ ।

