फेरी सरकार सहि बाटोमा हिड्ने प्रयत्न ! तर जनता अझै शंशकीत
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/बर्तमान सरकारबाट जनताका धेरै अपेक्षाहरु रहेका थिए र रहेकाछन् । तर सरकार जुन ढंगले चल्छ भन्ने अपेक्षा थियो त्यो अपेक्षा भने पुरा गर्न सकेन र सकेको छैन । यसको कारण हो सरकार सञ्चालनको जिम्मेवारी पाइका नेता र नेतृत्वप्रतिको कार्यशैली । अस्थिर राजनीतिक ब्यवस्थाको पक्षमा जनताले दिएको अभिमतलाई सरकारको नेतृत्व गरेको नेकपाले र यसका नेताहरु बुझ्न सकेनन् । जसका कारण आम जनताको निराशा पैदा भयो । बिपक्षी पार्टीले पनि जनताको भावाना अनुसार सरकारलाई खबरदारी र दबाब दिन सकेन ।
विश्व कोभिड १९ को महामारीमा भएको अवस्थामा नेपाल पनि अछुतो रहेन । शुरुवातमा यसको रोकथाम र ब्यवस्थापनमा सरकारको कदम सहि नै रहेको थियो तर बीचमा एक्कासी सरकारले जनताको स्वास्थ्यको हक खोस्यो । जनताको उपचार गर्नबाट पछि हटेको सार्वजनिक रुपमा घोषणा गर्यो । जसले गर्दा सरकारको आलोचना खुलेर भयो । सरकार प्रतिको जनताको विश्वास र भरोसा एकैसाथ गर्ल्याम्म झर्यो । कोरोनाबाट प्रताडित भएका ब्यवसायी तथा सर्वसाधरण कसैका लागि त्यस्तो उल्लेख योग्य सम्बोधन सरकारबाट हुन सकेन र सकेको छैन ।
पछिल्ला केहि कदमहरुले फेरी सरकार सहि बाटोमा हिड्ने थालेको आवास भएको छ । तर विश्सनीयता गुमाउने अवस्थामा पुग्न लागेको सरकार र नेता तथा नेतृतवको लुछाचुडिका कारण अझै जनता शंशकित हुने अवस्था रहेको छ । कोरोना संक्रमण भएका विरामीको निशुल्क उपचार र जाँच, कोरोना भ्याक्सिन नेपाल भित्र्याउन भएका प्रयास, ठुला तथा राष्ट्रिय गौरवका योजना तथा आयोजनाप्रति सरकारको चासो सहि बाटो तर्फ उन्मुख छ । हिजो अनाअवश्यक रुपमा पुस्तक, बिद्यूतीय सवारी साधन लगायतमा लगाईएको करको बिषयमा पनि सम्बोधन शुरु भएको छ । यो सकारत्मक कदम हो । अझ कोरोनाबाट प्रताडित पक्षहरु जनताका लागि जनमूखि कार्यक्रम ल्याउनु पर्दछ ।
जनतालाई अप्ठेरो पर्दा सरकारबाट अपेक्षा धेरै गरेको हुन्छ । अन्य समयमा सरकारको मुख जनताले ताकेको हुँदैन यो हेक्का हुन जरुरी छ । अप्ठेरो यो परिस्थितिमा सरकारले जनभावाना बुझ्न आवश्यक रहेको छ । यो अपसि लडाई र झगडा गर्ने समय होइन । हिजो चुनावी घोषणापत्रमा भनिएका र लेखिएका कुराहरु पुरा गर्न नलागे फेरी जनताले यसको बद्ला लिनेछन् । सरकार र नेतृत्वले मुखले होइन ब्यवहारले सरकार छ भन्ने अनुभुत गराउनु पर्छ । आपसि झगडा छाडेर बिपतमा एकताका साथ बिपत सामना गर्न अघि बढ्नु पर्छ ।
जनतामा रहेको आशा र भरोसालाई पुरा गर्नु पर्दछ । शाषन ब्यवस्थाप्रति नै औला उठाउने अवस्था आउन लागेको समय । सडकमा अहिले राजतन्त्र र अहिलेको शाषनको विकल्प खोज्ने अभियान शुरु हुन थालेको छ । यो आउनुमा राजननितिक दल र यसका नेतृत्व गर्नेहरु दोषीछन् । जनताको शाषन भएको अनुभुत गराउन नसक्ने हो भने देश भड्खालोमा जान सक्छ । यस बिषयमा हेक्का हुनु जरुरी छ ।
