२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ सरकारले सेवानिवृत्त राष्ट्रसेवकलाई निवृत्तिभरण बापतको रकम भुक्तानी दिँदा बैङ्कले कटाउँदै आएको एक प्रतिशत सेवा शुल्कको व्यवस्था खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार मन्त्रि परिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै नेपाल सरकारबाट शोधभर्ना प्राप्त गर्ने, शैक्षिक तथा सन्तति वृत्ति र अन्य भुक्तानीमा बैङ्कबाटै अग्रिम भुक्तानी दिई शोधभर्ना गरिने रकममा मात्र एक प्रतिशत सेवा शुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ, मन्त्रि परिषद बैठकको निर्णयमा भनिएको छ ।