दमक ७ बाट गौहत्यामा संलग्न ४ जना पक्राउ
झापामा गौहत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर उनीहरूको साथबाट १० किलो गाई मासुको फेला पारेको हो । उनीहरूले गाईको बाछो काटेर घरमा मासु लुकाइरहेका थिए । यता पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरूलाई गौहत्या गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी थापाले जानकारी दिए ।
वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल आफै गौहत्या भएको स्थलमा पुगेर यस कार्यमा संलग्नहरुलाई पक्राउ गरेर कानूनी कार्वाही गर्नका लागि प्रहरीलाई अनुरोध गरेका थिए । यो गम्भिर अपराध हो र यो कार्यमा संलग्न सबैलाई कडा कार्वाही गरिनुपर्छ, उनले भने ।
