२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोरोना संक्रमितको संख्या ८ सय ५५ पुगेको बताईएको छ। शनिवार ६ जना नयाँ संक्रमित थपिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २७३ जना उपचारमा छन ।

नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना संक्रमण भएकाहरु मध्ये ५५३ जना कोरोना संक्रमणमुक्त भएको अवस्था रहेको छ । २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकाँशमा अन्य रोगको पनि संक्रमण रहेको थियो ।