सोमबार दिनभर झापा क्षेत्र नं. ५ का विकास योजनाको अनुगमनमा सहभागि गगन पुरी मंगलवार काठमण्डौमा पक्राउ
विष्णुप्रसाद पोखरेल
दमक/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता गगन पुरी पक्राउ परेको मंगलवार अपरान्ह एकाएक दमक तथा झापामा चर्चा चल्यो । धेरैले पत्यार मानेनन् । पुरीको पनि दूईवटै मोवायल नम्बर अफ रहेका थिए । सोमबार दिनभर उनि नेकपाका शिर्ष नेता तथा शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेको योजना अनुगमनमा नै रहेका थिए ।
दमकको बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनि केहि समय प्रहरीबाट छलिएर पछि अदालतमा उपस्थित भएका थिए । यस प्रकरणमा प्रहरीले मुख्य अभियुक्त बनाईएका पुरीलाई अदालतले सामान्य धरौटी लिएको थियो । सरकारी जग्गा ब्याक्तिको नाममा दर्ता गरेको र अनुचित लाभ लिएको उनलाई आरोप लाग्दै आएको छ । उनले पटकपटक यसलाई अस्वीकार गर्दै आएकाछन् ।
पुरी त्यसपश्चात राजनीतिक तथा सामाजिक काममा पुर्ववत अवस्थामा फर्किएका थिए । उनी मंगलबार काठमण्डौमा पक्राउ परेको हल्ला चलेपछि हिजोसम्म दमक देखेकाहरुले कसरी पक्राउ परे ? यस बिषयमा चासो राखेका थिए । सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ परेको साँझ पुष्टि भएको हो ।
उनलाई दमक ८ को वालुवाटारको जग्गा प्रकरणका साथै उनको सम्पती छानविनका लागि पक्राउ गरिएको बताईएको छ । उनलाई बिभागले सोधपुछ तथा सामान्य बयानका लागि भनेर बोलाएर पक्राउ गरेको पनि उनि निकटस्थ एक नेकपाका नेताले बताएकाछन् । आफुलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिदैछ भनेर उनले बारम्बार भन्दै आएका थिए, ति नेकपाका नेताले पुरीलाई उदृत गर्दै भने ।
दमक नगरपालिका-८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोग रहेको बताईन्छ । पुरीले भने आफ्नै पैतृक सम्पती रहेको र भोगचलन अनुसार नै कानूनी प्रक्रिया पुर्याएर काम गरेको पनि जनाउदै आएका थिए । यद्यपी उनलाई यहा रहेका सुकुम्बासीहरुको जग्गा हडपेको पनि आरोप लाग्दै आएको थियो । स्तथानीय निर्वाचनको समयमा नगर प्रमुखको उम्मेद्वार रहेको समयमा यो बिषय बाहिर ल्याईएको थियो ।
पुरीले भने आफुलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको बताउदै आएकाछन् । उनले पार्टी भित्रको अन्तरविरोधमा राज्यशक्तिको दुरुपयोग गरेर आफुलाई पक्राउ गरिएको घुमाउरो भाषामा सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् ।
