२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको संयोजनमा आज शनिवार झापामा गणतन्त्र बिरुद्ध शक्ति प्रर्दशन भएको छ । शक्ति प्रर्दशनको रुपमा भएको मोटरसाईकल रयालीमा युवा क्रेज देखिएको छ । रयालीको मुख्य एजेण्डा राजतन्त्र स्थापना हुनु पर्ने र हिन्दु राष्ट्र कायम गरिनु पर्ने रहेको थियो ।

 

देशभर राजतन्त्रको पक्षमा कार्यक्रमहरु भइरहदा झापामा पनि भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आन्दोलनको यो शुरुवाती चरणको जन उत्साहले आफुहरुको माग पुरा हुने संकेत गरेको जनाए ।

र्‍यालीमा गणतन्त्र मुर्दाबाद र राजतन्त्र जिन्दाबादको नारा लागेको थियो । स्वतन्त्र पृष्ठभुमि भएका ब्याक्तिहरुको रयालीमा ब्यापक उपस्थिति देखिन्थ्यो । काकडभिट्टाबाट शुरु भएको र्याली झण्डै बिर्तामोडसम्म नै रहेको थियो ।

 

तस्विर-खबरमञ्च अनलाईनबाट साभार