२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । झापामा बुधवार दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भने २३ जना नयाँ संक्रमित थपिएका छन् । सङ्क्रमणबाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १० बस्ने ८५ वर्षीय पुरुष र दमक नगरपालिका ३ बस्ने ४१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै बुधवार ७ महिला र १६ पुरुष गरी २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ४ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको जनाइएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । संक्रमित सबै जना स्थानीय हुन् । यता जिल्लामा हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सक्रिय संक्रमित १ हजार ९९, होम आइसोलेसनमा सक्रिय संक्रमित १ हजार ८३ र निको भएर घर फर्किएका ३ हजार ९३ रहेको जनाइएको छ ।