२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ तपाई होटलमा गएर या घरमा ल्याएर वियर तथा अन्य पेय पदार्थ खाँदै हुनुहुन्छ ? तपाईले मिति हेर्न त भुल्नु भएको छैन ? यदि नहेरी खाँदै हुनुहुन्छ भने त्यो उपभोग्य मिति सकिएको पनि हुनसक्छ । यसले तपाईको स्वास्थ्यमा हानी गर्नेछ ।

झापाका दमकका फाइन लगायतका नाम चलेका होटलहरुमा पनि उपभोग्य मिति सकिएका वियर भेटिएकाछन् । जहाँ डिलरले केहि दिन अघिमात्र ल्याएकाले आफुहरुले उपभोग्य मिति नहेरेको ब्यवसायीहरुले जनाएकाछन् ।

दमक नगरपालिकाका बजार अनुगमन समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल सहित उपभोक्ता हित संरक्षण मञ्चको टोलीले बुधबार बजार अनुगमन गरेको हो । बजारको अवस्थामा लाजमर्दो रहेको छ, पौड्यालले भने ।

धेरैपटक भनिसकेका छौ तर ब्यवसायीहरु इमान्दार बनेका छैनन्, पौड्यालको भनाई छ । बारम्बार अनुगमन गरेर उपभोग्य मिति सकिएका सामाग्री विक्री नगर्न भनेका छौ तर अटेरी पना देखिन्छ, बजार अनुगमन समिति संयोजक पौड्याल बताउछन् ।

उपभोक्ता हित संरक्षण मञ्चका दमक अध्यक्ष डा.नविन चापागाईका अनुसार उपभोग्य मिति सकिएको तथा सकिन लागेका वियर यहाँका डिलरबाट सस्तो मूल्यमा होटलहरुमा गएको र त्यहि उपभोक्तालाई बेचेको सूचना पाएपछि अनुगमन भएको हो ।