पुष्पलाल मित्रता केन्द्र झापाको अध्यक्षमा दमकका मणि भण्डारी
दमक/ मदन भण्डारी फाउण्डेशन निर्माणको कार्य तिब्र भइरहेका बेला झापामा पुष्पलाल मित्रता केन्द्रले पनि संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा झापामा मणि भण्डारीको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्रको जिल्ला समिति बनेको छ । भण्डारी नेकपाका जिल्ला सदस्य हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पुष्पलाल मित्रता केन्द्र गठनलाई महत्वका साथ हेरिएको छ । यसभन्दा अघि स्थानीय तहहरुमा मदन भण्डारी फाउण्डेशनलाई सक्रिय बनाउने कसरत शुरु भएको थियो ।
