२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रतिनिधि सभा बिघटन भएपछि सम्भावित विरोधलाई लक्षित गरेर नेपाली सेना हाइ अलर्टमा रहेको बताईएको छ । संसद बिघटन भएपछि देशभरका पृतनापतीहरुलाई हाई अलर्टमा रहन नेपाली सेनाको हेडक्वाटरले निर्देशन दिएको सुरक्षा उच्च श्रोतले जनाएको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार ठाउँ ठाउँमा हुनसक्ने प्रदर्शन, संभावित तोडफोडलाई मध्यनजर गरी सुरक्षा युनिटहरुलाई हाई अलर्टमा राखिएको छ ।

यस्तै, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत मातहतका सबै इकाईहरुलाई उच्च सतर्कता साथ रहन निर्देशन दिइसकेको छ ।

राष्टिय अनुसन्धानले पनि मातहतका सबै कर्मचारीलाई उच्च सतर्कता साथ सक्रियता बढाउन निर्देशन दिइसकेको स्रोतले बताएको छ ।