दमक जेसिजको अध्यक्षमा सुयोग खरेल सर्वसम्मत बन्ने पक्कापक्कि
दमक/दमक जेसिजमा सुयोग खरेल सर्वसम्मत अध्यक्ष बन्ने भएकाछन् । केहि दिनयता जेसिजका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको प्रयासबाट नेतृत्व सर्वसम्मत बन्ने देखिएको एक पुर्व अध्यक्षले बताएकाछन् ।
अघिल्लो बर्ष खरेलले सहमति र सहकार्यलाई जोड दिदै अग्रजहरुको सल्लाह अनुसार अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए । खरेल दमकका उदयमान युवा ब्यवसायी हुन् ।
अर्को बर्ष कस्को पहिला अध्यक्षमा पालो आउने भन्दै बार्गेनिङ चल्दै आएपनि अहिले त्यो पनि मिलेको बताईन्छ । एउटा पक्षले अर्को पक्षलाई उचाल्ने र मिल्न नदिने कार्य गर्दा मिलाउन समस्या भएको पनि बताईदै आएको छघ ।
केहि बर्ष यता दमकमा जेसिज ओझेलमा पर्दै गएको छ । ब्याक्तित्व र नेतृत्व विकाससंगै सामाजिक कार्यमा पनि जेसिज सक्रिय रहदै आएको छ ।
