२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएकाे छ ।

याे पुनर्गठनमा राजीनामा दिएका सातजना मन्त्रीहरु स्वत विदा हुनुभएकाे छ । त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि बिदा दिइएकाे छ । पुर्नगठनमा दुईजना महिला थपिनुभएकाे छ । जुली कुमारी महतो महिला वालवालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएकाे छ ।

टोपवहादुर रायमाझीलाई उर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वनमन्त्री बनाइएकाे छ । गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बनाइनुभएकाे छ । दावा लामालाई खेलकुद मन्त्री बनाइएकाे छ ।

केही मन्त्रीहरुकाे मन्त्रालय फेरिएकाे छ । भूमिसुधार मन्त्री पद्मा अर्याललाई कृषि, कृष्णगाेपाल श्रेष्ठलाई शिक्षा, भानुभक्त ढकाललाई पर्यटन, शिवमाया तुम्बाहाङफेलाई भूमिसुधार, लिलानाथ श्रेष्ठलाई कानुन मन्त्री दिइएकाे छ ।-सनराइजखबर