दमकमा दुइजना लागुऔषध कारोबारी पक्राउ
झापा । दमक नगरपालिका–६ बेलडाँगीबाट लागू औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार राती १० बजे शङ्कास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका–८ का २१ वर्षीय विक्रम लम्जेल र रतुवा माई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मग्रातीलाई चेकजाँच गर्दा उनीहरूको साथबाट एक ग्राम ३९० मिलिग्राम लागू औषध ब्राउनसुगर र नगद दुई हजार चार सय रुपैंया बरामद भएको बताइएको छ । लागू औषध सहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
