दिवस राईको थकाली किचन एण्ड बार दमकको सफलतापछि बिर्तामोडमा फड्को
दमक/ झापा दमकका युवा ब्यवसायी एवं सामाजिक अगुवा दिवस राईले थकाली किचन एण्ड बारको फ्रेन्चाइज मोडलमा झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा पनि आफ्नो सेवा विस्तार गरेकाछन् ।
उनले गुणस्तरमा सधै आफ्नो ध्यान जाने बचाउदै थकाली खानाका पारखिहरुका लागि चेन होटलको रुपमा विकास गर्ने उदेश्य रहेको जनाएकाछन् । उपभोक्ता तथा साथीभाईको साथ एवं सहयोगबाट दमकमा पाएको सफलताले नै आफुलाई अन्यत्र पनि सेवा दिन ईच्छा जागेको राईले बताए ।
कुनै न कुनै माध्यमबाट साथीभाईसंग जोडिनका लागि पनि यो सहयोगी बनेको छ, उनले भने । बिर्तामोडमा खुलेको केहि दिनमा नै उल्लेख्यमात्रामा उपभोक्ताहरु आउने गरेको र यसले आफुलाई थप हौसला मिलेको पनि राईको भनाई छ ।
दमकमा थकाली खानाका लागि राईले सञ्चालन गरेको थकाली किचन एण्ड बार प्रख्यात बन्दै गएको छ । बिर्तामोडपछि चाँडै अब इलाममा पनि आफुले सेवा दिनका लागि तयारी गरिरहेको राईले जानकारी दिएकाछन् ।
