२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको प्रदेशसभा बाहल रहुन्जेल आफुलाई कसैले हटाउन नसक्ने बताएकाछन् । उनले आफुलाई अहिले कसैले पनि हटाउन नसक्ने पनि दाबी गरेकाछन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटेपछि अहिले मुख्य मन्त्री राईले यस्तो बताएकाछन् ।

उनले आफ्नो बहुमत रहेको पनि बताएकाछन् । उनले प्रदेश सभा भंग नहुने पनि जनाएकाछन् । एक टेलिभिजन अन्तरबार्ताको क्रममा उनले आफु बलियो भएको र कसैले हटाउन नसक्ने ठोकुवा गरेकाहुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधवकुमार नेपाल समुहले शेरधन राईको ठाँउमा भी आचार्यले संसदीय दलको नेता बनाएको घोषणा गरेसंगै मुख्य मन्त्री राई संकटमा परेको बताईदै आएको छ । एक समुहले अर्को समुहलाई कार्वाही र हटाएको भन्दै सार्वजनिक पनि हुँदै आएको छ ।