दमक ५ मा खुल्यो आकर्षक थ्री ईन होटल रेष्टुरेन्ट एण्ड बार
दमक/ झापाको दमकका ५ जना उदयमान ब्यवसायीहरु मिलेर नयाँ कन्सेप्टका साथ सुविधा सम्पन्न होटल तथा लज सहितको बार सञ्चालनमा ल्याएकाछन् । दमक ५ मा कर कार्यालय छेउमा थ्री ईन होटल रेष्टुरेन्ट एण्ड बार जनवरी १ देखि शुरु भएको हो ।
बाहिरबाट आउने तथा यहिका उपभोक्ताहरुका लागि लक्षित गरेर आफुहरुले जोखिम मोलेर भएपनि ठुलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक मध्येका एक टिका खतिवडाले बताएकाछन् । पारिवरिक वातवरणमा गुणस्तरीय सेवा दिने उदेश्य रहेको उनले बताए ।
होटल तथा लजमा दमकमा नै पहिलो पटक लिफ्टको सुविधा पनि रहेको खतिवडाले जनाएकाछन् । हामी यहाँ आएका ग्राहक तथा उपभोक्तालाई सन्तुष्ट दिन्छौ, खतिवडाले भने । खतिवडा सहित होटलमा भवानी विक्रम आङदम्बे, पुर्णध्वज आङदम्बे, राजेन्द्र श्रेष्ठ र कृष्ण आङदम्बेले यसमा लगानी गरेकाहुन् ।

