२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापाको शिवसताक्षीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ निवासी ३८ वर्षीय छबिरमण ढकालको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिवार राति साढे ८ बजेतिर दमकबाट मोटरसाइकल सवार ढकाल शिवसताक्षी जाँदै गर्दा उनलाई अन्य सवारीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ स्थित धरमपुर कमल खोला सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

उनले चलाएको मोटर साइकललाई ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन । उनको शव अस्पतालमा लगिएको छ ।