२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकमा रहेका होलसेल ब्यवसायीहरु संगठित बनेकाछन् । झापाको दोमुखामा एक कार्यक्रमबीच प्रथम साधरणसभा सहितको बनभोज कार्यक्रममा नयाँ नेतृत्वको घोषणा गरिएको छ । दमकका सामाजिक रुपमा समेत चिनिएका ब्यवसायी रीङकुमार आचार्यको नेतृत्वमा होलसेल ब्यवसायीहरु संगठित भएकाहुन् ।

उपाध्यक्षमा भक्तबहादुर बस्नेत, सचिवमा रामप्रसाद रिमाल,, सह सचिवमा दयासागर आचार्य, कोषाध्यक्षमा शम्भुप्रसाद खतिवडा चयन भएकाछन् । यसैगरी सदस्यहरुमा हिरादेबी उप्रेती, राजेश अग्रवाल, राजकुमार गुप्ता, भरत प्रधान, अर्जुन कार्की र ज्ञाननाथ पौड्याल रहेकाछन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ दमक जेसिजका अध्यक्ष सुयोग खरेल लगायतले होलसेल ब्यवसायीहरु संगठित हुनु राम्रो कार्य भएको भन्दै शुभकामना दिएका थिए ।