२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमामात्र नभएर देशभर नै आफ्नो पहिचान स्थापित गरेको दमक पब्लिक लाईब्रेरीले प्रवद्र्धन गरेको डिपिएल नेपालको प्रथम राष्ट्रिय महाअधिवेसन दमकमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा देशभरका युवाहरु उपस्थित भएर बौद्धिक छलफल एवं समसामयिक बिषयमा बिमर्श गरेकाछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । सो अवसरमा उनले युवाहरुको भिजन र भएको प्रयासबाट आफु प्रभावित भएको बताउदै आफुले सकने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपालरिका होटलमा भएको कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, राजनीतिक दलका स्थानीय तथा राष्ट्रिय नेताहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल,विश्लेषक डा. सुरेन्द्र केसी लगायतको प्रस्तुतीले कार्यक्रमलाई आकर्षक बनाएको थियो । उनिहरुले युवाहरुलाई अनुभव तथा लगनशील भएर कसरी अघि बढ्न सकिन्छ भन्ने प्रस्तुती राखेका थिए ।

दमक पब्लिक लाईब्रेरी संस्थापक भेषराज न्यौपानेले पठन सस्कृतीको विकास सहित युवाहरुमा रचानत्मक बहस एवं कार्यको थालनीका लागि लाईब्रेरीबाट युवाहरुलाई संगठित गर्ने अभियान शुरु गरेका थिए । यहि अभियानले राष्ट्रिय रुपमा लिन शुरु गरेको हो ।

कार्यक्रम निर्देशक प्रकाश अधिकारीका अनुसार कार्यक्रम सोचेभन्दा भब्य रुपमा सम्पन्न भएको छ । उनका अनुसार देशभरबाट युवाहरु सहभागि भएर कार्यक्रमलाई आकर्षक बनाउनका लागि महत्वपुर्ण योगदान दिएकाछन् । १२ भन्दा बढि शाखाहरु गठन भइसकेको उनले जनाए ।