दमकमा कोराना विरुद्धको खोप लगाउन शुरु
दमक/ झापामा पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शबबाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाउन शुरु भएको छ । झापाको दमकस्थित कोभिड अस्पतालमा पनि खोप लगाउन शुरु भएको बताईएको छ ।
झापामा ११ हजार जनालाई पुग्नेगरी खोप आएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । पहिलो चरणमा ९ हजार जनालाई खोप लगाइने तयारी छ । भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले लगाउन सुरु भएको हो । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाएका थिए ।
