दमकका पुराना ब्यवसायी ईन्द्रसेन अग्रवाल सहितलाई सम्मान, पत्रकार चुँडाल पुरस्कृत
दमक/ दमक उद्योग बाणिज्य संघको २९ औ साधरण सभाको अवसरमा झापा दमकका पुराना ब्यवसायी ईन्द्रसेन अग्रवाल सहित बिभिन्न ब्यवसायीहरुलाई सम्मान गरिएको छ । संघले उत्कृष्ट व्यवसायीको रुपमा अग्रवाल र इन्दिरा बाँस्कोटा भट्टराईलाई सम्मान गरेको हो । बर्षेनी यो सम्मानको परम्परा रहदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका गाउँ र नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघको आजिवन सदस्यता प्राप्त गर्ने दमकका लोकप्रीय युवा व्यवसायी (शुभश्री इलेक्ट्रीकल्स) तथा लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दयासागर आचार्य र विष्णु किरानाका प्रोप्राइटर विष्णु साह तेली पनि सम्मानित भएकाछन् ।
पत्रकार चुडाल पुरस्कृत
दमक उद्योग बाणिज्य संघले संघ गतिविधि तथा यस क्षेत्रको आर्थिक एवं सामाजिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट अग्रणी भूमिका खेलेको भन्दै पत्रकार जीवन चुडाललाई सम्मान सहित पुरस्कृत पनि गरेको छ । नगद ११ हजार ५ सय सहित चुडाल पुरस्कृत बनेकाहुन् ।
सोचे अनुसार धेरै काम गर्न सकिएन श्रेष्ठ
साधरण सभामा बोल्दै सघका अध्यक्ष गोकुल श्रेष्ठले कोरोना महामारीका कारण सोचेअनुसार काम गर्न नसकिएको बताए । उनले संघका सदस्यहरुलाई परेको समस्या तथा दुखमा भने आफुहरु पुगेको जनाउदै अब पनि पुग्ने प्रतिबद्धता जनाए ।
