प्रधानमन्त्री केपी शर्मा ओली दमक आँउदै
दमक/ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली फागुनको तेश्रो साता दमक आउने बताईएको छ । उनले यस क्षेत्रका केहि महत्वपुर्ण योजनाहरुको शिलन्यास तथा नयाँ बन्न लागेका योजना स्थलमा पुग्ने कार्यक्रम रहेको बताईएको छ ।
ओली आफ्नो निर्वाचन क्षेत्रमा नआएको निक्कै समय भइसकेको छ । दमकको औधोगिक पार्क शिलन्यासको कार्यक्रम रहेको बताईएपनि यसको औपचारिक पुष्टि भने भएको छैन । ओलीको सचिवालय श्रोतका अनुसार फागुन १६ मा प्रधानमन्त्री ओली दमक आउने तयारी भएको छ ।
