लायन्स क्लवहरुको नेतृत्वदायी भूमिका हाँसिल गर्न अग्रसर हुँदै दमकका बबरजंग थापा
दमक/ लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ ए वान अन्र्तगत रहेका क्लवहरुले आफ्नो नयाँ नेतृत्व छनौटको कसरतमा लागेकाछन् । अब छनौट हुने द्वितिय भाइस गर्वनरका लागि कसरत शुरु भएको हो ।
यसका लागि झापा दमकको पुरानो र अगुवा लायन्सको रुपमा चिनिएको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले लायन्सका पुराना लिडर बबरजंग थापा (किरण)लाई अघि बढाउदैछ ।
क्लवको साधरण सदस्य हुँदै क्लवका सबै पदाधिकारीको अनुभव बटुलेर अध्यक्ष र डिस्ट्रिकमा समेत महत्वपुर्ण पदहरुमा रहेर अनुभव बटुलेका थापालाई दमकका क्लवहरुको तर्फबाट नै अघि सारिएको बताईएको छ । सामाजिक तथा ब्यवसायीक क्षेत्रमा समेत बिभिन्न ठाँउमा रहेर काम गरेका थापाले लायन्समा मात्र डेढ दशक बिताएकाछन् ।
डिस्ट्रिकमा लगातर तीन बर्ष अघि देखि बिभिन्न चिफ भएर पनि काम गरेको अनुभव रहेको छ । थापाले आफुले लायन्सलाई धेरै समय दिएको र यस बीचमा संगालेका अनुभवहरुलाई अधिकतम प्रयोग गरेर लायन्सको गरिमालाई थप मजबुद बनाउन उम्मेद्वारी दिने निष्कर्षमा पुगेको जनाउदै आएकाछन् ।
लायन्समा गर्वनर बनेर फोटो टाँस गर्ने मात्र मेरो सोच छैन, थापाले भन्दै आएकाछन् । लायन्सलाई लायन्सको मर्म अनुसार अघि बढाउनु र लायन्स क्लवहरुले गर्व गर्न लायक काम गर्ने मेरो सोच रहेको छ, उनले उम्मेद्वारीको बिषयमा प्रष्ट्याउदै आएकाछन् ।
पुर्वका क्लवहरुमात्र नभएर आफ्नो लायन्समा रहेको योगदान देखेका सबैको साथ र समर्थन रहनेमा आफु आशाबादी रहेको पनि थापाले बताए । निस्वार्थ भावका साथ लायन्सलाई दिएको समय र योगदानको धेरै जानकार रहनु भएको छ र उहाँहरुको समर्थनमा म मा रहन्छ भन्ने लाग्छ, उनले भने ।
