२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ आँउदो फागुन १६ गते दमकमा चीन नेपाल मैत्री औधोगिक पार्कको शिलन्यासको तयारी भब्य रुपमा भइरहेको छ । पार्कका अध्यक्ष गोविन्दा थापाका अनुसार स्थानीयको ब्यापक सहभागितामा पार्कको शिलन्यासको तयारी भएको हो । कमल गाँउपालिकाको झर्कामा शिलन्यास हुनेछ ।

शिलन्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित बनेको जनाईएको छ । सोहि अनुसारको सुरक्षा लगायतको तयारीहरु पनि भइरहेको बुझिएको छ । नेपालको नभएर दक्षिण एशियाकै नमुना औधोगिक पार्क बन्ने पार्कका अध्यक्ष गोविन्द थापाले बताएकाछन् ।

कमल, गौरादह र दमकमा बन्ने पार्कको शिलन्यासमा तीनवटै स्थानीय तह सक्रिय रहेकाछन् । यहाँ प्रारम्भिक चरणमा ३६ वटा ठुला उद्योगहरु स्थपना हुनेछन् । यहाँको उत्पादन विश्वबजारमा जाने भएकाले त्यसै अनुसारको उत्पादन हुने पनि बताईदै आएको छ ।

थापाका अनुसार यहाँ बिद्यूतीय सवारी साधन उत्पादन गर्ने उद्योग पनि प्रारम्भिक चरणमा नै स्थापना हुनेछ । विद्यूतीय सवारी साधन, कृषि उत्पादन लगायतका उद्योगहरु बन्ने थापाले जनाए । विद्यूतीय सवारी साधन उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखिएको छ, थापाले भने ।

लगानी बोर्ड नेपालले औधोगिक पार्क निर्माणका लागि यहाँ ६४ अरब लगानी भित्र्याउनका लागि सहमति दिईसकेको छ । औधोगिक पार्क निर्माणमा चिनिया लगानी रहने छ । नेपाल सरकारको खास लगानी नरहने थापाको भनाई रहेको छ ।

https://www.facebook.com/prabhabkarikhabar/videos/718394612205985