होटल व्यवसायी महासंघ प्रदेश नं १ को नेतृत्वमा दमकका राजन दंगाल
दमक/ झापा दमकका होटल ब्यवसायी राजेन्द्र दंगाल होटल व्यवसायी महासंघ प्रदेश नं १ को अध्यक्षमा चुनिएकाछन् । उनि केहि दिन अघि भएको अधिवेसनबाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चुनिएकाहुन् । दंगाल होटल ब्यवसायी संघ क्षेत्रिय समिति दमकको अध्यक्ष पनि हुन् ।
दंगालले यसरी शुरु गरेका थिए होटल ब्यवसाय
राजधानी पढेपछि उनले राजधानीमा आफ्नो भबिष्य देखेका थिए शुरुका दिनहरुमा । एसएलसी पछि एउटा राम्रो प्राईभेट कम्पनीमा जागिर पनि खाए । झण्डै ५ बर्ष जागिर त खाए तर जागिरमा सन्तुष्ट भएनन् । त्यसपछि उनमा बिदेश जाने आकाक्षा पलायो । अपुग भएर होइन उनलाई बिदशे घुम्नेसंगै धरै पैसा कमाउन मन थियो । उनी राम्रो देशमा जान चाहान्थे र यसमा भौतारिए पनि ।
एक दशक भन्दा अघि देखि दमकमा होटल क्षेत्रमा कृयाशिल रहेका उनि पाथिभरा होटल, लज एण्ड पार्टी प्यालेसका प्रोपाईटर हुन् ।
छ बर्ष भन्दा बढी दमकमा पाथिभरा फास्टफुड सेन्टर चलाएका उनले पुष्प खनालसंग सहकार्य गरेर दमकमा नयाँ रुपमा होटल,लज र पार्टी प्यालेस सञ्चालनमा ल्याएका थिए । कोभिडका कारण अहिले ब्यवसाय बिगत जसरी नचलेपनि यस क्षेत्रमा नै स्थापित बन्ने सोच उनको मरेको छैन ।
उनी दूई दशक अघि देखि नै ब्यापार ब्यवसायमा संलग्न रहेका छन् । कुनै समय इराक लगायतका मूलक जाने चक्करमा परेपनि २२ दिन दूबईमा बसेर आए । काठमण्डौमा हुर्के बढेको भएपनि उनलाई आफ्नै ठाँउमा केही गर्ने सोच पलायो । उनी बिदेशको चक्कर र जागिर छाडेर दमक आए ।
त्यसपछि दमकमा मोटरसाइकल वर्कसप खोले । यसलाइ लामो समय चलाए । उनले केही समय साना सवारी साधनको ब्यापार पनि गरि हेरे । उनले थुप्रै ब्यवसायमा हात हाले तर पछिल्लो समयमा उनलाई होटल ब्यवसायलाई आफ्नो मूख्य ब्यवसायको रुपमा लिएर यसमा नै भबिष्य देखे । एक दशक अघिदेखि यसमा नै निरन्तर लागेका छन् र लाग्ने समेत बताउछन् ।
