दमक नजिकै रतुवापुलपारि आकर्षक पार्क एण्ड रिर्सोट सञ्चालनमा आँउदै
दमक / झापाको दमकबाट नजिक दुरीमा कमल ५ लभडाडा उत्तरमा पार्क सहितको नयाँ रिर्सोट सञ्चालनमा आँउदैछ । नयाँ बर्षको अवसर पारेर यसको उद्घाटन हुन लागेको हो ।
प्रख्यात गायकगायिकहरुको सांगितिक कार्यक्रम सहित नयाँ बर्षको अवसरमा रिभर भ्यू हेरिटेज रिर्सोट प्रा.लि.उद्घाटन हुन लागेको हो । यो रतुवा खोलाको किनारमा पर्दछ ।
यसका सञ्चालक रुद्र कार्कीका अनुसार यसमा करिब अढाई बिगाह जग्गा सहित करिब ५० करोडको लगानी रहनेछ । अहिले पनि निर्माणको काम शुचारु रहेको छ । बालबालिकाहरुका लागि यस क्षेत्रमा नयाँ र सुविधा युक्त खेलहरु यहाँ रहने उनले बताए ।
यहाँको अर्को आकर्षण पार्कको साथमा बोतल हाउस रहनेछ । यहाँ १ लाखभन्दा बढि बोतलरुको प्रयोग गरेर बोतल हाउस बनाईएको छ । यहाँ रिर्सोटमा आउनेहरुका लागि खानबस्नको ब्यवस्था रहने सञ्चालक कार्कीको भनाई रहेको छ ।
निर्माण र सामाजिक क्षेत्रमा सक्रिय कार्कीले पर्यटन क्षेत्रमा समेत लगानी गरेकाहुन् । आन्तरिक तथा बाह्य पर्यटनलाई लक्षित गरेर आफुले यसमा लगानी गरेको उनले बताएकाछन् ।
