२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा, बैशाख २ ।

कोरोना संक्रमणका कारण झापाका पत्रकारको निधन भएको छ । झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको बताईएको छ ।

उहाँ केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराति १ बजे वहाँको निधन भएको पारिवारिक श्रोतको भनाई छ ।

पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य   ४८ बर्षीय पत्रकार मिश्र केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आउनु भएको थियो ।