दमक नगरपालिका उपप्रमुख अधिकारी र कार्यकारी अधिकृत तिम्सिना ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’ बाट बिभूषित
बाट/ झापा दमक नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना राष्ट्रप्रति बिद्यादेबी भण्डारीबाट राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’ बाट बिभूषित हुनु भएको छ ।
उहाँहरुले स्थानीय स्तरमा गरेको कामको मूल्यांकन गरेर यो बिभूषण दिने घोषणा भएको थियो । नयाँ बर्षको अवसरमा बैशाख १ गते राष्ट्रपति भवन शितल निवासमा एक भब्य कार्यक्रमबीच उहाँहरुलाई बिभूषित गरिएको जनाईएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको थियो ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको थियो ।
विसं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो । विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
