२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पुर्वमा नै पहिलो पटक एकिकृत नमुना सहकारी वस्ति निर्माणको काम शुरु गरेको जानकारी दिको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यहरुका लागि लक्षित गरेर न्यूनतम जग्गा सहित ४३ लाख देखि अधिकतम ५१ लाखसम्मका घरहरु निर्माण हुने सार्वजनिक गरिएको छ ।

मंगलवार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिएको हो । दमक ४ मा १ विगाहा १६ कट्ठा जमिनमा ५२ ओटा घर निर्माणको काम शुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरुको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनु भयो । सहकारीले शुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यो बाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यहरुलाई २० बर्षे किस्ताबन्दिमा घर उपलब्ध गराईने छ ।

एकै प्रकारका घरहरु बन्ने र जग्गाको प्रकृती अनुसार जग्गा बढि भएका घरमा केहि रकम घटबढ हुने भएकाले मूल्यमा एकरुपता गर्न नसकिएको पनि अध्यक्ष छट्टराईले बताउनु भएको छ । उहाँका अनुसार ५० प्रतिशतभन्दा बढि घरहरु सदस्यहरुले ईच्छाएर बुकिङ गरिसक्नु भएको छ । डेढ तले घर बन्ने बस्तिमा ढल, खानेपानी, टेलिफोना, बाटोघाटो लगायत आवश्यक सबै पुर्वधारहरु रहने पनि जनाईएको छ ।

सहकारीका सदस्यहरुले सोहि जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधी उपलव्ध गराईने भएकाले घरभाडामा बस्दै आएका सदस्यहरुका लागि यो लाभदायी बन्न सक्ने सहकरीका ब्यवस्थापक खोमप्रसाद बगालेले बताउनु भएको छ । ब्यवसायीक प्रयोजनका लागि यहाँ कसैलाई पनि घर उपलब्ध नगराईने पनि उहाँको भनाई रहेको छ ।

५ बर्ष किनबेच गर्न पाईदैन र त्यसपछि किनबेच गर्दा पनि सहकारीका सदस्यलाई नै विक्री गर्नु पर्ने हुन्छ, बगालेले भन्नुभयो । सहकारी संस्था तथा त्यहाँ रहेको ब्यवस्थापन समिति र घर लिने सहकारीका सदस्यले मूल्य निर्धारण गरेरमात्र बिक्री गर्न पाउने ब्यवस्था सहितको कार्यविधि बनाएर अघि बढिएको पनि बगालेको भनाई छ ।

सहकारी वस्ति निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेका अनुसार सहकारी संस्थाले ४ बर्ष अघि जमिन किनेको र एकैसाथ धेरै घर बनाईने भएकाले सहकारीका सदस्यहरुले कम लागतमा बस्तिमा घर पाउने अवस्था सिर्जना भएको जनाउनु भयो । आधुनिक र सुविधा सम्पन्न घर सदस्यहरुले कम मूल्यमा पाउने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो । २०७९ साल भदौ १२ गते सदस्यहरुलाई घरको चाँबी हस्ताण्तरण गर्ने गरी काम हुने पनि बताईएको छ ।

८ हजार शेयर सदस्य रहेको यस सहकारी संस्थाको शेयरपूँजी करिव २९ करोड रुपैयाँ रहेको छ । अढाइ अरवभन्दा बढिको सकारीको वासलात रहेको पनि जनाईएको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मंगलबारे, मोरङ्को उर्लाबारी, पथरी र मधुमल्ला तथा ईलामको चुलाचुली सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।