२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकमा विहिबार विहान आएको हावाहुरीले बिभिन्न ठाँउहरुमा क्षति पुर्याएको छ । दमकको भृकटी चोकमा स्थानीयको ट्रस्टको छानो सडकमा ल्याईदिएको छ । अहिले बनाएको नयाँ गेटमा नै आएर उक्त छानो अडकिएपछि जेसिबि लगाएर हटाईएको थियो ।

यसैगरी पुर्व पश्चिम राजमार्गको क्याम्पसमोड नजिकै रुख पनि ढलेर केहिबेर सडक अवरुद्ध बनेको थियो । दमकका बिभिन्न ठाँउहरुमा सामान्य क्षति भएको जनाईएको छ ।

विहानका राती आएको असिनापानीले सवारी साधनहरुमा पनि धेरै क्षति भएको र बिमा कम्पनीहरुलाई क्षति टिपाउने क्रम बढेको जनाईएको छ ।

https://www.facebook.com/prabhabkarikhabar/videos/1364817123890513