२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा, ९ बैशाख । कमल गाउँपालिका ५ सितापुरीका ८ बर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । लोकतन्त्रपोष्ट अनलाईनले लेखेको छ ।

विहीबार दिउँसो ११ बजे बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपक्षको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।