दमक ३ मा यस्तो बन्दैछ अन्तराष्ट्रिय मदन भण्डारी रंगशाला
विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमक ३ मा प्रस्तावित अन्तराष्ट्रिय मदन भण्डारी रंगशालाको स्वरुप अर्थात लुक्स सार्वजनिक भएको छ । मदन भण्डारी राजमार्ग र ढुंगे सडकसंग जोडिने रंगशाला भब्य र आकर्षक देखिएको छ ।
यसको प्रारम्भिक प्रतिवेदन तयार भएर बजेटको शुनिश्चितता पनि भइसकेको जनाईएको छ । ५ अरबभन्दा बढि लगानीमा यहाँ अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने भएको हो ।
नेकपा एमालेका युवा नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा यसको लुक्सको फोटो सार्वजनिक गरेकाछन् ।
यहाँ रंगशाला निर्माणका लागि उनले पटकपटक सरोकारवाालाहरुलाई ल्याएका पनि थिए । दमकमा रंगशाला बनाउनका लागि तीन महिनाअघि मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । त्यो लगत्तै देखि यसको काम फास्ट ट्रयाकबाट अघि बढेको बताईन्छ ।
मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उपलब्ध गराउने सरकारको निर्णय रहेको थियो । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको थियो।
