२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेकपा एमालेले जिम्मेवारी हेरफेर गर्ने क्रममा अग्नि खरेलले केहि समय अघि सरकारको महान्याधिवक्ताबाट राजिनामा दिएका थिए ।
सत्तारुढ एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गर्दा खरेललाई निर्वाचनको जिम्मेवारी तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको थियो । बैठकले निकट भविष्यमा हुने सबै तहका उपनिर्वाचनहरुको तयारीमा सम्पूर्ण रुपले केन्द्रित हुन सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशन पनि गरेको छ ।

मतदाता नामावली, मतदान केन्द्रलगायत निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा आवश्यक ध्यान दिन आग्रह गरेको जनाईएको छ । नयाँ जिम्मेवारीअनुसार अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन ।

यसैगरी विष्णु पौडेल संगठन विभाग प्रमुख र रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।