२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / झापाको दमकमा कोरोना संक्रमण दर बढ्न थालेको छ । सोमबार एकैदिन १५ जना कोरोना संक्रमित बढेकाछन् । औपचारिक नगरपालिकाको डाटा अनुसार दोश्रो चरणको कोरोना संक्रमणदर दमकमा बढ्दो छ । ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ ।

दमकमा प्याप्सनका अगुवाहरु आफैले विद्यालय तथा शैक्षिक संस्था बन्दको अवज्ञा गर्दै बिद्यार्थीहरु बिद्यालय बोलाएर सामुहिक रुपमा नै राखेर पढाउदै आएको पनि पाईएको छ । यसले झनै खतरा निम्तन सक्ने अभिभावकहरुले नै गुनासो गरेकाछन् । यो हेल्चेक्राई गर्ने बिषय नभएकाले गम्भिर हुन जरुरी देखिएको छ ।

दमकमा तत्काल लकडाउन गर्न आवश्यक छ की छइन ? के सावधानी अपनाउन सकिन्छ र अब के गर्ने ? भनेर आज मंगलवार नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बस्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बिगतमा लकडाउनको केहि पालना नभएकाले निषेधाज्ञासम्म लगाउनु पर्ने अवस्था आउन सक्ने बताईन्छ ।

दमकको शब्जि बजार, दमकका ब्यवसायीक अन्य पसल तथा आर्थिक कारोबारहुने बैंक, सहकारी एवं बित्तिय संस्थाहरुमा न्यूनतम सुरक्षा मापदण्ड समेत केहि पालना नभएको अवस्थामा आज हुने छलफलले निर्णय गर्ने पनि बताईन्छ ।

सोमबारमात्र भद्रपुरमा भएको जिल्लाभरका नगर प्रमुख तथा बिभिन्न सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले प्रत्येक स्थानीय तहहरुले १ सय बेडको क्वारेन्टाइन र ५० बेडको अक्सिजन सहितको आईसुलेसन सेन्टर बनाउने निर्णय भएकोमा यसको कार्यन्वयनको बिषयमा पनि छलफल हुने बताईएको छ ।