२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकका कतिपय बिद्यालय सञ्चालनमा नै रहेको पाईएको छ । दमकको मुख्य बजार क्षेत्रका सुर्योदय, गायत्री, मेची लगायतका बिद्यालयमा बिद्यार्थीहरुको परिक्षा भन्दै सरकारको निर्णय अवज्ञा गरेको पाईएको छ ।

सुर्योदय र गायत्रीमा बिद्यालय पोशाकमा नै बिद्यार्थीहरु आउने गरेको भेटिएको छ । प्याप्सनको निर्देशनमा आफुहरुले परिक्षा नियमित राखेको बिद्यालय सञ्चालकहरुले भनेकाछन् ।

दमकका कतिपय बिद्यालयहरुले स्थानीय सरकार, केन्द्र सरकार र जिल्ला प्रशासन कार्यालय झापाको निर्णयलाई अवज्ञा गर्दै बिद्यालय चलाइरहदा यसलाई कार्यान्वयन गर्ने निकाय भने देखेको नदेख्यै भएको छ ।

सरकारभन्दा माथि नीजि बिद्यालय र यसका सञ्चालक भएको पाईएको छ । सरकारको निर्णय अवज्ञा गर्न प्याप्सनले नै निर्देशन दिएर दमकका नीजि बिद्यालयहरु खुलेका हुन् त ? यो छानविन र कार्वाही जरुरी छ, एक अभिभावकले भने ।

बिद्यालयले बिद्यालय सञ्चालन हुने र परिक्षा हुने भन्दै अभिभावकलाई फोन गरेर बिद्यार्थी पठाउन पनि भनिररहेको पाईएको छ । एकातिर सरकारले बिद्यालय बन्द गरेर वालबालिकाहरुलाई सुरक्षित रुपमा घरमा नै राख्नु भनिरहेको बेला बिद्यालयहरु भने बिद्यार्थीलाई स्कूल पठाउन दबाब दिइरहेकाछन् ।

सोमबार मात्र जिल्ला प्रशासन कार्यालय झापामा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुले तत्कालै लागु हुने गरी विद्यालय तथा शैक्षिक संस्थाहरु कम्तिमा पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेका थिए । दमकमा पनि यसभन्दा अघि १५ गतेसम्म बिद्यालय बन्द नै गर्ने निर्णय गरेको थियो ।